
२० पुस, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।
यस्तै, सोमबार नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने अहिलेसम्म २ लाख ५५ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस