२० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई लुम्बिनी प्रदेश इञ्चार्ज र पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । दुवै इञ्चार्ज प्रधानमन्त्री ओली पक्षका हुन् ।
यस्तै, बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवाली र गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिएको स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार बैठकले गण्डकी प्रदेशका सहइञ्चार्ज किरण गुरुङलाई पनि हटाएको छ । गण्डकी प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको भुसालले जानकारी दिए ।