बैँक / वित्त

कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

kumari bank branch

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे ।

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे । यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राइले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस