समाचार

कैलालीमा गैंडाको खागसहित एक जना पक्राउ

police arrest

२० पुस, कैलाली । कैलालीमा खैरो रङको गैंडाको खागसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैंडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कठरियालाई ना३स ५७१८ नंको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। अटोरिक्सा र निज कठरियालाई आवश्यक कारबाहीका लागी सबडिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस