समाचार

फिनल्याण्डपछि बुल्गारियामा पनि देखियो फाइजर भ्याक्सिनको साइड इफेक्ट

covid vaccine

२१ पुस, काठमाडौं । फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ ।

बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारी अनुसार ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ ।

बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ ।

यसअघि पनि फिनल्याण्डमा पाँच जनामा भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएको थियो । फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारभरी आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस