समाचार

कस्तो रहला मङ्गलबार दिनभरको मौसम ?

clear weather

२१ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्‍चिमी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रहेको छ । काठमाडौं, २१ पुस । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्‍चिमी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रहेको छ ।

साथै पश्चिमी तथा मध्य उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस