समाचार

काठमाडौं उपत्यकामा उच्च वायू प्रदूषण, बिना काम घर बाहिर ननिस्कन सुझाव

Kathmandu Pollution

२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ ।

संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो ।

वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । उसका अनुसार राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार नदेखिएको हो । वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा रहेको भन्दै त्यस्तो अवस्थामा के गर्ने, के नगर्ने भन्ने स्वास्थ्य सल्लाहसमेत दिइएको छ ।

जसअनुसार यस्तो बेला अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारिरीक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस