समाचार

भन्सार छली ल्याइएको गाडी र ६ लाखको कपडा बरामद

kapada baramad

२१ पुस, टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ ।

भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।

भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा से१प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रशाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए । ‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिनेछ,’ शाहले भने, ‘‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायसमेत हुन सक्ने व्यवस्था छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस