
२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, मंगलबार नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ भने मृत्यु हुनेको संख्या १८९३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस