समाचार

झापाको झिलझिलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

bike accident

२१ पुस, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र-७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१ की सलिना राई घाइते भएकी छन् । उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय झापाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *