
२१ पुस, रौतहट । श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका वडा नम्बर १ खजानी टोल बस्ने १७ बर्षीय धिरेन्द्र साह रहेका छन् ।
भारतबाट नेपालतर्फ प्रदेश १–०२०४–२ प २००० नम्बरको मोटरसाइकलमा आउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालकिका ५ मा चेकजाँच गर्ने क्रममा स्राते नखुलेको रकमसहित साहलाई पक्राउ गरेको हो ।
रकमसहित पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस