बैँक / वित्त

प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग

prabhu bank donation

२१ पुस, इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले जिल्ला अस्पताल इलामलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले आइतवार सफा खानेपानी प्रयोगमा ल्याउन भन्दै एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । एक समारोहकाबीच प्रभु बैंक शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पतालका मे.सु. डा. प्रभु शाहलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्माचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस