समाचार

गोरखा दरबारबाट एकीकरण पदयात्रा शुरु

nepal army pad yatra

२१ पुस, काठमाडौं । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ ।

उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा प्रयोग भएका पदमार्गमा विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदयात्राका क्रममा साँस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रम हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाक र सोही समयमा खडा भएका नेपालका पहिला पाँच सैनिक युनिटका निशान झण्डा समावेश छ । उक्त कार्यक्रममा नेपाली सेना र स्थानीय जनताको समेत सहभागिता रहेको सेनाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस