समाचार

सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

police arrest

२१ पुस, कैलाली । कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ । धामीलाई आजै लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस