समाचार

दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

dang accident

२१ पुस, दाङ । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई दिउँसो ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका नारायणपुरकै ६८ वर्षीय टोपेन्द्र पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै सडकमा ठक्कर दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस