समाचार

माइनस १५ डिग्रीको चिसोमा मनाङको नार र फु गाउँका बासिन्दा

mustang

२२ पुस, काठमाडौं । हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन् । दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम । घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ ।

कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश घर रित्तै हुन्थे । केही युवा मात्र गाउँमा हुन्थे। महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेंसीसहर) झरेका हुन्थे। तर कोरोनाले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए । हिमपात भएपछि दुर्गम ती गाउँका बासिन्दा चिसोले आहत छन् ।

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ । सोमबारदेखि हिउँ पर्न थालेको छ । तापक्रम रातमा माइनस १५ र दिनमा माइनस ७ डिग्री हुन्छ ।’ उनका अनुसार पोहोर–परार यो बेला धेरैजसो गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे । घर कुरेर बसेका सीमित व्यक्तिमात्र गाउँमा भेटिन्थे तर अहिले कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए । ‘बाहिरबाट हेर्दा त अरू समस्या केही छैन ।

दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ । तर, हिँडडुल सकसपूर्ण छ । घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५र६ इन्चसम्म हिउँ जमेको छ । योभन्दा बढी प¥यो भने त कठिन हुन्छ ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो परेको लामाले सुनाए । ‘सबैतिर पानी जमेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस