समाचार

बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एकजनाकाे हत्या

Murder

२२ पुस, काठमाडौं । काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन् ।

हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको छ । शर्माले पेटमा कैंचीले घोपेर घाइते बनाएका मियाँलाई उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा लगिएको थियो । उनको अस्पतालमै निधन भएको काठमाडौं महानगरीय प्रहरी प्रवक्ता डिएसपी प्रमेश विष्टले जनाकारी दिए ।

मियाँ बुवाको कपडा सिलाई कारखानामा उनीहरुले सँगै काम गर्दै आएका थिए । पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ । आरोपीको कोठामा भारतिय आधारकार्ड फेला परेको डिएसपी विष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस