
२२ पुस, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम कारावाओ कप फुटबलको फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्फोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन मोउसा सिसोको र सनले एक–एक गोल गरे । खेलको १२औं मिनेटमा सिसोकोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टिमलाई फाइनलमा पुर्याउन सफल भए ।
खेलको ८४ औं मिनेटमा ब्रेन्फोर्ड १० खेलाडीमा सिमित भएको थियो । डिसिल्भा रातो कार्ड खाँदै बाहिर गएका थिए । टोटेनहमले अब उपाधिका लागि सिटी र युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस