अर्थनीति

सीमानाका नखुले पनि भन्सार राजस्व बढ्यो

siraha bhansar

२२ पुस, काठमाडौं । भारतीय सीमानाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमानाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

चालु आव २०७७/७८ मा छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए ।

भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ ।

अघिल्लो आव २०७६/७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस