अर्थनीति

सुनको मूल्य फेरि बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

today gold price

२२ पुस, काठमाडौं । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ३ सय रुपैयाँले बढेर तोलमा ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४ सय रुपैयाँमा कारोबार भयो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस