मनोरञ्जन ताजा समाचार

शिव परियारको ‘तिम्रो याद भुलाउन’ सार्वजनिक (भिडियो)

shiva pariyar new song timro yad

२२ पुस, काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नरेश भट्टराई र साक्षीको अभिनय देख्न सकिन्छ ।

उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम बनाइएको छ ।

भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् । निसल पौडेलको छायाँकन र विकाश दाहालको सम्पादन रहेको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=oloDLBqJUxQ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस