समाचार

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भेटिएको आशंका, स्वाव परीक्षणका लागि हङकङ पठाइँदै

national public health laboratory

२२ पुस, काठमाडौं । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस भएको आशंका गरिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको आशंका गरिएको हो ।

तर, नेपालमा भएको प्रविधिले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउन लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जानकारी दिइन् ।

पछिल्लो समय देखिएको कोरोनाको नयाँ संक्रमण न्यु भेरियन्टको पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस