
२२ पुस, भक्तपुर । भक्तपुरमा घरमा रेलिङ हाल्ने क्रममा दुई तलाबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
बुधबार सुर्यविनायक नगरपालिका वडा नं. ६, पाण्डुबजार हाईटमा रहेको गोविन्द राजकर्णीकारको घरमा रेलिङ हाल्ने क्रममा खसेर ४० वर्षका ईश्वर कार्कीको मृत्यु भएको हो । कार्की अचानक लडी जमिनमा खसि गम्भीर घाइते भएकोमा तत्कालै स्थानीयहरुको सहयोगमा उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ९, फुलासी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ बस्ने राजन खड्काले ठेक्का लिएर उक्त घरको रेलिङ लगाउन कार्कीलाई काममा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस घटना बारेमा थप अनुसन्धानबाट कार्य भईरहेको महानगरीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस