
२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, बुधबार नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ भने मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस