समाचार

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

Health Ministry

२२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् ।

कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् ।

एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस