समाचार

जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

lekhraj bhatta

२२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपा ओली पक्षका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । धनगढीमा आज आयोजित नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।”

बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस