बैँक / वित्त

सिटिजन्स बैंक र तिनाउ मिसन मर्ज हुँदै

ctzn tinau

२२ पुस, काठमाडौं । सिटीजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । बुधबार दुई बैंकबीच नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

सिटिजन्स बैंकको तर्फबाट सञ्चालक तथा मर्जर प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैंक तथा बित्तीय सस्था एक आपसमा मर्जर तथा प्राप्ती सम्बन्धि नियमावली २०७३ अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुटबलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट लिमिटेडसँग अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ ।

तिनाउ मिसन राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंक हो । दुवै बैंकको विशेष साधारण सभाबाट पारित गरेका प्रस्तावलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कारोबार सुरु हुने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस