समाचार

गैंडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ

arrest

२२ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् । अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो ।

विसं २०६२ असारमा गैंडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो । उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो । फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो ।

उनी विसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैंडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।

महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ । साउनयता तस्करले मारेका चार गैंडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *