२३ पुस, काठमाडौं । म्यान्चेस्टर सिटीले चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले अब वेम्बलीमा हुने फाइनलमा टोटनह्याम हटस्पर्सको सामना गर्नेछ ।
सिटी लगातार चौथो पटक उपाधि जित्ने होडमा रहेको छ । दोस्रो हाफमा जोन स्टोन्स र फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाए । यसअघि दुवै टोलीको गोल रद्द गरिएको थियो । स्टोन्सले सेट पिसमा युनाइटेडको कमजोरीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए भने फर्नान्डिन्होले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
फाइनलमा पेप ग्वार्डिओलाको टोलीले जोसे मोरिन्होलाई टोलीलाई हराए सिटीले लिभरपुलले बनाएको लगातार वटा लिग कप उपाधि जित्ने कीर्तिमान बराबरी गर्नेछ । ग्वार्डिओला र मोरिन्होबीच सन् २०११ पछि पहिलोपटक फाइनलमा भेट हुन लागेको हो ।
त्यतिबेला रियल म्याड्रिडको नेतृत्व गरिरहेका मोरिन्होले ग्वार्डिओलाको बार्सिलोनलाई कोपा डेल रेको फाइनलमा हराउँदै ट्रेबल जित्नबाट बञ्चित गरेका थिए ।