समाचार

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला

bead body tag

२३ पुस, पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५, सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटरपूर्व जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

यही पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जंगलमा झुन्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयबासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बन्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस