विश्व/प्रवास

ट्रम्प समर्थकले फैलाएको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुग्यो

trump supporter attack

२३ पुस, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ ।

वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृत्यु हुने महिलाको पहिचान खुलेको छ। उनी सैन डिएगो निवासी एसली बाबिट हुन् । अन्य तीन जनाकाे परिचय खुलेकाे छैन ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *