अर्थनीति

आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

२३ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाला सुनको मूल्य तोलाको ९५ हजार चार सय रुपैयाँ कायम गरेको छ ।

हिजो (बुधबार) तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने एकै दिन तोलामा ११ सयले बढेको सुनको मूल्य बुधबार पनि तोलामा तीन सय रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९४ हजार ९ सयमा आइपुगेको छ । बुधबार तोलाको ९६ हजार दुई सय थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ३० मा झरेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस