समाचार

आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक

rastriyasava

२३ पुस, काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ ।

साथै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले विषयगत समितिमा रहने सदस्यका नाम मनोनयनको लागि प्रस्ताव गर्नेछन् । आज विशेष समयमा राष्ट्रिय सभा सदस्यले आफ्नो धारणासमेत राख्ने छन् ।

हाल प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकाले राष्ट्रिय सभा बैठकमा त्यति एजेण्डा नहुने भएकोले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस