विश्व/प्रवास

अमेरिकी राजधानीमा १५ दिनका लागि संकटकाल घोषणा

america protest

२३ पुस, काठमाडौं । अमेरिकाको राजधानी वाशिंटन डिसीमा मेयर म्युरियल बाउसरले संकटकाल लगाएका छन् ।

बाउसरले मानिसहरु हातहतियारसहित हिंसा र तोडफोड गर्दै सहर पसेकोले १५ दिनको लागि संकटकाल घोषणा गरेकाे बताएका छन् । उक्त समूहले इँटा, बोत्तलले हानेर गोली पनि चलाएको र हिंसा र तोडफोड जारी राखेका कारण संकटकाल लगाउनु परेको मेयरले जनाएका छन् ।

यो आदेश २१ जनवरी दिउँसो तीन बजेसम्म लागू हुनेछ । डिसीमा बुधबार साँझ ६ बजेबाट कर्फ्यु लागेको थियो । यसमा दर्जनौं मानिसलाई आदेश उल्लंघन गरेको आरोपमा गिरफ्तार भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस