समाचार

बेवारिसे अवस्थामा गैंडाको खाग फेला

khag

२३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैंडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैंडाको खाग भेटिएको हो । दुईवटा भाले गैंडा एकापसमा जुधेर गैंडाको खाग भाँच्चिएको उनले जानकारी दिए । खाग भेटिएपछि गैंडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैंडा खागविहीन अवस्थामा भेटिएको उनले बताए ।

गैंडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैंडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् ।

निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चारवटा गैंडा तस्करले मारेको अवस्थामा भेटिएका छन् । यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ । १५ वर्षभन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैंडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस