![griha mantralaya](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
२३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
कलंकी क्षेत्रमा भएको दुर्घटनाको घटना मिलापत्र गराउन १५ हजार रुपैयाँ घुस लिएको अरोप शर्मामाथि लागेको छ । शर्माले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । घुस लिएको भन्ने रिपोर्टिङ वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शर्मालाई नियन्त्रणमा लिएको थियो ।
निलम्बनसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस