समाचार

रुपन्देहीमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

bike accident

२३ पुस, बुटवल । रुपन्देहीमा बोलेरोले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरोले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं.को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस