समाचार

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

bheri bus accident

२३ पुस, सुर्खेत । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसका चालक सुमन नेपालीको मृत्यु भएको छ । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कालिमाटी गाउँपालिका–४ का ईश्वर सुनार घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अर्का एकजनाको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *