समाचार

सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

ciaa akhtiyar nepal

२३ पुस, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । लालपुर्जामा नाम सच्याउनका लागि एक सेवाग्राहीसँग नासु बरालले व्यवसायी महतोमार्फत ११ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवै जनालाई रंगेहात फेला पारेको जनाइएको छ ।

अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस