समाचार

भेरी बबईमा दोस्रो चरणका काम धमाधम

bheri babai daivarsan

२३ पुस, कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरता दिएको हो ।

यहीअवधिमानिर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्नभएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँकम्पनी चाइनाइन्जिनियरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो ।

अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको कामभने  कोभेकले गर्नुपर्नेछ । आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ ।

हालसम्म लालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाकाइन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताए । उनले जिल्लामुआब्जानिर्धारण समितिको निर्णय अनुसाररु। १२ करोड ३५ लाखवितरण गरिएको जानकारी दिए ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिलनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ ।

“साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले भने, “बाँधस्थलचिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गरेका हुन् ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरुआर्थिक वर्ष २०७९/८० मा सम्पन्नगर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा रु. छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूलसंशोधितलागतभने रु. ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगानगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानीखसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युतकम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनीप्रदेशकाबाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमासिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस