
२३ पुस, काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले यहि पुस २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्दैछ ।
सो अवधिभर महिन्द्राका नेपाल अधिराज्यभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ ।
प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सम्पन्न गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस