सूचना प्रविधि

ट्रम्पले राष्ट्रपति कार्यकालभरी फेसबुकमा पोस्ट गर्न नपाउने

trump

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालभरी फेसबुक र इन्स्टाग्राममा कुनै पनि पोस्ट गर्न नपाउने भएका छन् । दुवै सामाजिक सञ्जालले ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी संसद भवनमा भएको हिंसापछि फेसबुकले यसअघि राष्ट्रपति ट्रम्पको भिडियो हटाउँदै २४ घण्टाको प्रतिबन्ध लगाएको थियो । ट्वीटरले पनि यस्तै प्रकृतिको निर्णय लिइसकेको छ । ट्वीटरले पनि राष्ट्रपति ट्रम्पलाई १२ घण्टाको प्रतिबन्ध लगाएको थियो।

फेसबुकका अनुसार यो प्रतिबन्ध कम्तिमा ट्रम्पको राष्ट्रपति कार्यकालभरी रहनेछ । ट्रम्पका कारण बुधबार मच्चिएको हिंसामा ४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् भने अमेरिकी लोकतन्त्रको विश्वव्यापीरुपमा आलोचना भइरहेको छ ।

मार्क जुकरबर्गका अनुसार राष्ट्रपति ट्रम्पको उद्देश्य हिंसा भड्काउने भएकाले फेसबुकले उनको भिडियो हटाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस