समाचार

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

bus accident

२४ पुस, इलाम । जिल्लाको माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राईको दुर्घटनामा मृत्यु भएको हो ।

राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना ३ ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन्

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस