२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन गरिएको छ ।
ओलीले चालेको असंवैधानिक कदमपछि उनी पहिलो पटक शुक्रबार धनगढीमा आयोजना गरिएको आफु पक्षीय कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । ओली धनगढी आउनेभएपछि नेकपा माधव प्रचण्ड निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेकपा प्रचण्ड माधव पक्षका सुदूरपश्चिम सदस्य रमेश धामीका अुनसार ओलीलाई कैलालीको रातोपुल नजिक कालो झण्डा देखाउनुका साथै रंगशाला नजिक टायर बालेर विरोध प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस