समाचार

आफ्नो पद नबच्‍ने भएपछि संसद् भंग गर्न पाइन्छ ? : नारायणकाजी श्रेष्ठ

Narayan kaji shrestha

२४ पुस, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पद नबच्‍ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विभाजित नेकपाका प्रवक्ता श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहस गरेको बताएका हुन् ।

“आफ्नो पदका निम्ति घात हुने लाग्यो भने, वा हुने नै भयो भने प्रतिनिधिसभा भंग गर्न मिल्छ ?” उनले प्रश्न गरे । ओलीको बुझाइ पार्टी एकता, संविधान, लोकतन्त्र, लोकतान्त्रिक मूल्य-मान्यता सबै पदका निम्ति भएको देखिएको उनको टिप्पणी थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस