समाचार

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई पठायाे संविधानको पुस्तक र विरोधपत्र

pustak

२४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ । संसद विघटनको विरोधमा आन्दोलनरत समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फल पुस्तक पठाएको हो ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्रीलाई पुस्तक पठाएको काठमाडौं कमिटीले जनाएको छ ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको कमिटीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेको भन्दै विरोध पत्रसमेत पठाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस