
२४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७१, भक्तपुरमा १३ र ललितपुरमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, शुक्रबार नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ भने मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस