समाचार

पत्नी सीतालाई भारतमै छोडेर प्रचण्ड आज स्वदेश फर्कंदै

prachanda sita

२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रचण्ड आज बेलुका काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस