
२५ पुस, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १८ लाख ९० हजार नाघेको छ ।
विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणका कारण विश्वभर १८ लाख ९० हजार ३४२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६९६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ७ लाख ७१ हजार ५२७ संक्रमित थपिएका छन् ।
हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ६७ लाख ४९ हजार ९४० पुगेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस