
२५ पुस, काठमाडौं । चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु विभागले आग्रह गरेको हो । आज प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहको विभागले जनाएको छ ।
यस्तै आज राति प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।
आइतबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस